kljq ´\of?ª v:of]/ art tyf C0f ;xsf/L ;+:yf ln=
- सहकार्य सहअस्तित्व र स्वावलम्बी को पवित्र भावना
सहकार्य, सहअस्तित्व र स्वावलम्बीपना
परिकल्पना
kljq ´\of?ª v:of]/ art tyf C0f ;xsf/L ;+:yf ln= शेयरधनीको समुहद्वारा संचालित एउटा गतिशिल तथा भरपर्दो साझा संस्था हो । हामी सबै मिलेर एउटै समुहमा सहकार्य गरी हाम्रा विशिष्ठ सदस्य महानुभावहरुलाई सबै भन्दा उत्कृष्ठ सेवा प्रदान गर्न हामी सदा कटीबद्ध रहनेछौ । हामी हाम्रा विशिष्ठ सदस्य माहनुभावहरु तथा समुदायको वीचमा एउटा बलियो सम्बन्ध बनाउन विशेष जोड दिनेछौ । हाम्रा सम्पूर्ण विशिष्ठ सदस्यहरुलाई एउटै छातामुनी गोलबद्ध गरी सशक्तिकरणको माध्यमद्वारा आफ्नो अधिकार प्रति सचेत गराउँदै सवैलाई सर्वाअधिकार, उन्नती तथा विकासको लागि अवसरहरुको ढोका खोलिदिने संस्कृतिको विकास गर्न हामी सदा तपर तथा तल्लिन रहनेछौ
सहकार्य, सहअस्तित्व र स्वावलम्बीपनाको भावना बोकेर वि.सं. २०५९ सालमा स्थापना भएको संस्था हो । kljq ´\of?ª v:of]/ art tyf C0f ;xsf/L ;+:yf ln= सहकारी ऐन २०४८ र सहकारी नियमावली २०४९ अन्तर्गत स्थापना भएको यस संस्थाले सहकारी ऐन र सहकारी नियमावलीको दायराभित्र रहेर भरपर्दो तथा विस्वासिलो आधारमा आर्थिक कारोबार गर्दै आएको छ ।
विश्व सम्पदा सूचीमा सूचीकृत पवित्र धार्मिकस्थल बौद्ध क्षेत्रमा स्थापित यस संस्थाको मूल उद्देश्य सहकार्य, सहअस्तित्व र स्वावलम्बी भावनाको विकास गर्दै मुलुकमा आर्थिक क्रान्ति ल्याउने हो । यस संस्थाले खास गरी ठूला बैंक तथा वितिय संस्थासम्म पहुँच नपुगेका सामान्य आर्थिक हैसियतका व्यक्तिहरुलाई आर्थिक पहुँचमा समेट्ने कोशिस गरेको छ । यस अनुरुप त्यस्ता विपन्न वर्गको सर्वाङ्गीण विकासको वाहक बन्ने यस संस्थाको मुख्य लक्ष रहेको छ । व्यक्ति-व्यक्ति र समुदाय संगठित भएर स्वावलम्बी एवं आत्मनिर्भर समाजको निर्माणमा योगदान पुऱ्याउँदै मुलुकको अर्थतन्त्रमा टेवा पुयाउने यस संस्थाको प्रमुख उद्देश्य रहेको छ ।
थोरै रकममा खाता खोल्न सकिने, वचत वा निक्षेपमा आकर्षक व्याज प्रदान गरिने, मुद्धति बचतमा त्रैमासिक, अर्धवार्षिक वा एकमुष्ट रकम व्याज दिने गरी आफ्नै घर पसल वा कार्यालयमा नै बसेर आवश्यक प्रक्रिया पुरा गरी रकम सञ्चित गर्ने विना झन्झट ऋण दिने व्यवस्था यस संस्थाले गरेको छ ।
पवित्र निक्षेप योजना
साधारण बचत
यस प्रकारको साता रु. ५०० मा खोल्न सकिने छ । यो वचत योजनामा ६.00% व्याज उपलब्ध गराईनेछ ।
बिशेष बचत
यस बचत योजना अन्तर्गत न्युनतम रु. २०००।- मा खाता खोल्न सकिनेछ अनि दैनिक मौज्दातमा ६.00% व्याज प्रदान गरिनेछ ।
क्रमिक बचत खाता
यस प्रकारको खाता रु.१००।- मा खोलि दैनिक, साप्ताहिक र मासिक रुपमा निश्चित रकम निश्चित अवधि सम्म ऋमिक जम्मा गर्दै गएर अवधि समाप्त भए पश्चात एक मुष्ट सांवा व्याज उपलब्ध गराईनेछ ।
जेष्ठनागरिक तथा बिधवा बचत योजना
यस बचत योजना अन्तर्गत न्युनतम रु. ५,०००।- जम्मा गरी १ बर्ष पूरा भए पश्चात हरेक बर्ष विजया दशमीमा रु. १,०००।- दशै खर्च स्वरुप जेष्ठनागरिक तथा बिधवालाई प्रदान गरिनेछ । साथै उक्त रकममा दैनिक मौज्दातमा ६.२५% व्याज दिइनेछ । जेष्ठनागरिक हुन ६० बर्ष पुरा हुनु पर्नेछ ।
नाबालक तथा खुत्रुके योजना
यस खातामा रु. ५०००/- खाता खोली दैनिक रु. १५/- वा मासिक रु. ८००/-को दरले वा सो भन्दा बढी जम्मा गर्न सकिनेछ । यस प्रकारका खाता संचालन भएका प्रत्येक बाल-बच्चाहरुलाई संस्थाले चाबी बन्द गरिएको एक/एक वटा खुत्रुके उपलब्ध गराउनेछ , जसको सांचो संस्थामा रहनेछ ।
गृहणी तथा नारी बचत योजना
यस बचत योजना अन्तर्गत रु. १००/- मा खाता खोली न्युनतम रु. २,०००।- मौज्दातमा दैनिक ६.२५%को दरले ब्याज प्रदान गरिने र इच्छाअनुसार न्युनतम बाहेक जतिसुकै राख्न तथा झिक्न सकिनेछ।
आवधिक बचत योजना
यस बचत योजना अन्तर्गत न्यूनतम रु. १०,०००/- मा खाता खोल्न सकिनेछ । यस अन्तर्गत देहाय बमोजिम ब्याजदर प्रदान गरिनेछ ।
मनी ट्रान्सफर सेवाहरू
तपाईंले विश्वभरका अन्य व्यक्तिहरूलाई/बाट छिट्टै पैसा पठाउन वा प्राप्त गर्न सक्नुहुन्छ।
निर्देशकज्यूको सन्देश
काठमाण्डौं जिल्ला, का= म=न=पा= ६ बौद्धमा अवस्थित kljq ´\of?ª v:of]/ art tyf C0f ;xsf/L ;+:yf ln= को आधिकारीक वेबसाइटमा म हार्दिक स्वागत व्यक्त गर्न चाहन्छु । सहकारीको मर्म अनुसार सञ्चालित यस संस्थाको मुलमन्त्र भनेको सहरी, मध्यम निम्न वर्ग वञ्चित क्षेत्र र निम्न आय स्तर भएका व्यक्ति सदस्यहरुका लागि सरलसुरक्षित तथा भरपर्दो सहकारी सेवाहरु प्रदान गर्नु हो । हाम्रो संस्थाको विभिन्न उद्धेश्यहरु मध्ये प्रमुख उद्धेश्यहरुमा सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानमा उनीहरुको बचत गर्ने बानी विकास गरेर र समुदायको आवश्यकता अनुसार कर्जा सेवा प्रदान गर्नु रहेको छ ।
अन्तराष्ट्रिय सहकारी एलायन्स (Alliance) को परिभाषा अनुसार सहकारीहरु जनता केन्द्रित उद्यमी छन् जसको स्वामित्व नियन्त्रित् र आफ्ना सदस्यहरुले साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकताहरु र आकांक्षाहरु पुरा गर्नका लागि संचालित सहकारीले जनतालाई लोकतान्त्रिक र समानुपातिक एकतावद्ध गर्छ ।
संस्थाको निरन्तर उपलब्धि र सेवाहरुमा लगातार वृद्धि गर्दै सदस्यहरुको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकास गर्न योग्य कर्मचारीहरु तथा व्यवस्थापनद्धारा संचालन गरिएको छ।
– सुर्य लामा
सुचनाहरु
Annual General Meeting 2077
An annual general meeting is a meeting of the general membership of an organization. These organizations include membership associations and companies with shareholders. These meetings may be required by law or by the constitution, charter, or by-laws governing the body.

